कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डेढ महिनामा सुदूरपश्चिममा १५ हजार बढीको परीक्षण  

चित्रांग थापा

धनगढी — कोरोना संक्रमण रोकथामका लागि डेढ महिना अवधिमा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १५ हजार ७६३ व्यक्तिको परीक्षण गरिएको छ । पीसीआर प्रविधिबाट २ हजार ७७७ र आरडिटी विधिबाट १२ हजार ९८६ जनाको नमुना संकलन गरि परीक्षण गरिएको हो ।

डेढ महिनामा सुदूरपश्चिममा १५ हजार बढीको परीक्षण  

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले मंगलबार सार्वजनिक गरेको कोरोना संक्रमणको अवस्था तथा परीक्षण, उपचार र स्वास्थ्य सामग्रीको अवस्थाबारेको विवरणमा उल्लेख भएअनुसार हालसम्म प्रदेशमा ५ जना कोरोना पोजेटिभ बिरामी फेला परेका थिए । जसमध्ये अघिल्लो सातासम्म ४ जना निको भइ घर फर्किसकेका छन भने १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

१५ हजार ७६३ जनाको नमुना संकलन गरिएकोमा २ जनाको मात्र परीक्षण नतिजा आउन बाँकी रहेको छ । पीसीआर विधिबाट गरिएको नमुना संकलनको नतिजा आउन बाँकी रहेको हो । प्रदेशभरी मंगलबारसम्म आइसोलेसनमा रहेका शंकास्पद बिरामीहरुको संख्या ५ रहेको छ । धनगढीमा २, कैलालीको चौमाला स्वास्थ्य केन्द्रमा १ तथा अछाम र डडेलधुरा जिल्ला अस्पतालमा १/१ जना गरि ५ जना आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘आइसोलेसनमा रहेकाहरुको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुबाट जानकारी प्राप्त भइरहेको छ,’ सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भन्छन्, ‘अब जिल्ला अस्पतालमा कुनै बिरामी कोरोना पोजेटिभ देखिएमा पनि सम्वन्धित जिल्लामै उपचार गराउनसक्ने स्वास्थ्य सामग्री र दक्ष जनशक्ति उपलब्ध हुने अवस्था रहेको छ ।’ उनले परीक्षणका लागि किटहरुको अभाव देखा पर्न थालेको जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी ५ हजार ३३२ जनाको कैलालीमा आरडिटि परीक्षण गरिएको छ भने सबैभन्दा कम २ सय २० जनाको डडेलधुरामा गरिएको थियो । कञ्चनपुरमा १ हजार ८१६ जनाको आरडिटि परीक्षण भएको छ ।

प्रकाशित : वैशाख १७, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?