कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सेती अस्पतालबाट अर्की संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १० पुग्यो 

अर्जुन शाह

धनगढी — कैलालीको लम्कीचुहा नगरपालिका–१ की कोरोना संक्रमित ६५ वर्षीया महिला पनि निको भएर बिहीबार सेती प्रादेशक अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सुदूरपश्चिममा देखिएका ५ जना संक्रमित बिरामीमध्ये निको भएर घर फर्किने उनी चौंथो बिरामी हुन् । 

सेती अस्पतालबाट अर्की संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १० पुग्यो 

वीरगञ्जबाट आएकी उनलाई वैशाख १ गते कोरोना पुष्टि भएपछि लम्कीमा रहेको क्‍वारेन्टाइनबाट सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । अब सेती अस्पतालमा एकजना संक्रमित महिलामात्रै उपचारमा छिन् । उनको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनमा विदेशबाट आएका आफ्ना देवरबाट संक्रमण सरेको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १० पुगेको छ । सेती अस्पतालबाट ४, टेकु अस्पतालबाट ३, पाटन अस्पतालबाट २ र बाग्लुङ अस्पतालबाट १ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित : वैशाख ११, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?