१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

आरडीटी नेगेटिभ देखिएपछि किरियापुत्रीलाई घर पठाइयो

मनोज बडु

काठमाडौँ — लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट क्वारेन्टाइनमा किरिया बसेको छैटौं दिन घर पुगेका छन् । उनी आइतबार दिउसोमात्रै नेपाल आएका हुन् । 

आरडीटी नेगेटिभ देखिएपछि किरियापुत्रीलाई घर पठाइयो

सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको शैल्यशिखर नगरपालिका १ मा मंगलबार निधन भएको थियो । आमाको मृत्युको खबर पाएदेखि उनले घर आउन निकै प्रयास गरेका थिए । तर, भारतीय पक्षले प्रक्रिया पुर्याउनु पर्ने भन्दै समय लगाएपछि उनी भारतीय सीमाको धारचुला बालुवाकोट महाविद्यालयको क्वारेन्टाइनमा नै किरिया बसेका थिए ।

तस्बिर : मनोज बडु/कान्तिपुर

नेपाल ल्याएपछि उनको जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको थियो । उनको महाकाली नगरपालिका–४ स्थित महेन्द्र नमुना माविमा र्‍यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गरिएको थियो । यसको नतिजा नेगेटिभ आएपछि एम्बुलेन्समा उनलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

प्रकाशित : वैशाख ७, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?