कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोभिड–१९ कोषमा स्वास्थ्य कर्मचारीको १ लाख

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कर्मचारीले आफ्नो पारिश्रमिक कट्टा गरेर सरकारद्वारा स्थापित कोभिड–१९ कोषमा रकम जम्मा गरेका छन् । कार्यालय सहयोगीदेखि निर्देशकसम्मले तोकेबमोजिम पारिश्रमिक कट्टा गरेको उनीहरूले बताए ।

कोभिड–१९ कोषमा स्वास्थ्य कर्मचारीको १ लाख

निर्देशनालयमा कार्यरत २१ कर्मचारीले एकमुष्ट १ लाख १ हजार ८ सय ८५ रुपैयाँ कोषमा जम्मा गरेको निर्देशक डा. गुणराज अवस्थीले बताए । सरकारले तह अनुसार तीनदेखि सात दिनसम्मको तलब कट्टा गरेर कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको छ । ‘तोकेबमोजिम निर्देशनालयका सबै कर्मचारीको तलब कट्टा गरेर कोषमा जम्मा गर्‍यौं,’ अवस्थीले भने ।


कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले कोष स्थापना गरेको छ । महामारीसँग फ्रन्टलाइनमा जुधिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पारिश्रमिकसमेत काट्ने निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित : चैत्र २८, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?