कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्‍वारेन्टाइनमा बसेकाको 'स्वाब' संकलन

डोटी — डोटीमा क्वारेन्टाइनमा बसेकाहरुको बुधबार स्वाब संकलन गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार केन्द्रिय संकट ब्यवस्थापन केन्द्र, काठमाडौंको समन्वयमा डोटीका चिकित्सक र प्राविधिकहरुको सहयोगमा ३०५ जनाको स्वाब संकलन गरिएको हो ।

क्‍वारेन्टाइनमा बसेकाको 'स्वाब' संकलन

काठमाडौंबाट आवश्यक स्वास्थ्य सामाग्री र किट बोकेर ल्याएको हेलीकप्टरले स्वास्थ्यकर्मीहरुलाई पाँच ठाउँमा स्वाब संकलनका लागि लगेको थियो । ‘क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन भएको छ’, प्रजिअ पौडेलले भने,‘ उहाँहरुको रिपोर्ट दुई/तीन दिनभित्रै आइसक्ने आशा गरेका छौं ।’

दिपायल सिलगढी नगरपालिकाको राजपुर, बोगटानको चवराचौतारा, शिखरको धुरकोट, बडीकेदारको बिपीनगर र आदर्शको मौवामा ९ वटै स्थानीय तहले बनाएको २४ वटा क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरिएको हो । संकलीत स्वाब बुधबार नै हेलिकम्पटरबाट धनगढी पुर्‍याई त्यहाँबाट स्काइभ्यानमा काठमाडौं पुर्‍याउने प्रजिअ पौडेलले जनाए ।

स्वाबको रिपोर्ट आएपछि मात्र उनीहरुलाई २१ औं दिनपछि घर पठाउने योजना रहेको छ । सुरुमा १४ दिनमात्र क्वारेन्टाइनमा राख्ने बताइएपनि पछि सात दिन थप राख्ने निर्णय गरिएको थियो ।

प्रकाशित : चैत्र २६, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?