कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गोली हानी महिलाको हत्या, पति प्रहरीको नियन्त्रणमा 

मोहन शाही

डोटी — डोटीमा एक महिलाको गोली हानी हत्या गरिएको छ । जोरायल गाउँपालिका ४ देउथलाकी २० वर्षीया अनिता वनको भरुवा बन्दुकले हानेर हत्या भएको प्रहरीले जनाएको छ । 

गोली हानी महिलाको हत्या, पति प्रहरीको नियन्त्रणमा 

आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी अनितालाई उनका २२ वर्षीया श्रीमान खडक वनले गोली हानी हत्या गरेको आशंका गरिएको छ । यद्यपि आरोपित खडक वनले भने नस्वीकारेको इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले बताए । मृतक अनिता र उनका श्रीमान् मात्रै घरमा भएको बेला घटना भएको थियो । मृतक अनिताको छातीको बीच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।


घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्रपट्टिको कोठामा घटना भएको र कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सइ थापाले बताए ।


अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आउँदा श्रीमती ढलेको अवस्थामा फेला पारेको उनले प्रहरीलाई बताएका छन् । घटनाको समयमा खडककी आमा विपिनगर नन्दको घर गएको, बुबा गाउँकै माथिपट्टि रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ ।


प्रहरीले खडक वनलाई नियन्त्रणमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिं देउवाले जानकारी दिएका छन् ।


डडेल्धुराको भागेश्वर गाउँपालिका ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फागुनमा विवाह भएको आफन्तले बताएका छन् ।


प्रकाशित : चैत्र २४, २०७६ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?