१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कोरोना संक्रमितको सम्पर्कमा आएका १४ सशस्त्र प्रहरी क्‍वारेन्टाइनमा

ट्युबबाट महाकाली तरेर आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि १४ सशस्त्र प्रहरीसहित १७ जनाको स्वाब संकलन गरिएको छ
भवानी भट्ट

कञ्चनपुर — कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका १४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महाकाली अस्पतालले आइतबार १४ जना सशस्त्र प्रहरीसहित १७ जनाको स्वाब संकलन गरेको छ।

कोरोना संक्रमितको सम्पर्कमा आएका १४ सशस्त्र प्रहरी क्‍वारेन्टाइनमा

भारत उत्तराखण्डको लुहाघाटबाट आएका कञ्चनपुरको बेदकोट नगरपालिकाका ती संक्रमित टनकपुरबाट ट्युबमा महाकाली तरेर भीमदत्त नगरपालिका-९ खल्ला पुगेका थिए। खल्लाबाटै उनीसहित ११ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जाँचपछि बेदकोटकै सुन्दरपुरस्थित क्वारेन्टाइनमा राखेको हो।

नियन्त्रणमा लिने सुरक्षाकर्मीको टोली र उनीहरुलाई बोक्ने सवारी चालक, सहचालक र मालिकको स्वाब संकलन गरिएको महाकाली अस्पतालका डा. सरोज आचार्यले जानकारी दिए। उनीहरुमा कुनै लक्षण भने देखिएको छैन। सम्पर्क भएकै कारण परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

सशस्त्र प्रहरीको ३५ नं. गणका एसपी वीरसिंह साहुले ट्युबमा तार्ने व्यक्तिको पनि पहिचान भइसकेको र खोजी भइरहेको बताए। आइतबार स्वाब संकलन गरिएका सुरक्षाकर्मी र अन्य तीन जना क्वारेन्टाइनमा रहने साहुले बताए।

प्रकाशित : चैत्र २३, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?