२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

धनगढीका संक्रमितको परिवारका ७ जनामा देखिएन कोरोना

अर्जुन शाह

धनगढी — दुबईबाट फर्केर आएका धनगढीका कोरोना संक्रमित युवाको परिवारमा कोरोना परीक्षण नेगेटिभ देखिएको छ । यी युवाको परिवारका ८ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंस्थति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । 

धनगढीका संक्रमितको परिवारका ७ जनामा देखिएन कोरोना

उनकी ३४ वर्षीया भाउजुमा संक्रमण देखिएपछि उनलाई शनिबार नै सेती प्रादेशिक अस्पतालमा ल्याइससकिएको छ ।


युवाकी श्रीमतीसहित ७ जनामा भने कोरोना संक्रमण नदेखिएको अस्पतालले जनाएको छ । ‘उनकी श्रीमतीसहित परिवारका ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ,’ अस्पतालका डा. जगदीश जोशीले भने ।


ती युवामा संक्रमण देखिएपछि उनको परिवारलाई नै आइसोलेसनमा राखिएको थियो । डा. जोशीले उनको परिवारको सदश्यमा संक्रमण भएको फेलापरेपछि समुदायमा सर्ने जोखिम भएको भन्दै उनीको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरिरहेको पनि बताए ।

प्रकाशित : चैत्र २३, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?