२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

लकडाउनपछि ट्युबबाट महाकाली तरेर आएका थिए कञ्चनपुरका संक्रमित 

सशस्त्र प्रहरीले लगेको थियो क्वारेन्टाइनमा
भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमण देखिएका कञ्चनपुरका युवा भारतको लुहाघाटबाट ११ जनाको समूहमा नेपाल भित्रिएका थिए । सीमा बन्द गरिएपछि उनीहरु चैत १४ गते खल्ला मसेट्टी क्षेत्रबाट ट्युबबाट महाकाली तरेर नेपाल प्रवेश गरेको खुलेको छ ।

लकडाउनपछि ट्युबबाट महाकाली तरेर आएका थिए कञ्चनपुरका संक्रमित 

खल्ला मसेट्टीबाट उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिइ गड्डाचौकीस्थित हेल्थ डेस्कमा चेकजाँच गराएर बेदकोट नगरपालिकाको सुन्दरपुरस्थित कृषि पाइलट फर्ममा क्वारेन्टाइनमा राखिएको थियो ।

‘सशस्त्र प्रहरीले ल्याएका ११ जना सबै १४ गतेदेखि नै क्वारेन्टाइनमै थिए,’ बेदकोट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिसा पालले भनिन्, ‘संक्रमति व्यक्तिलाई आज –शनिबार) बिहानै सेती अस्पताल पठाइको छ ।’

संक्रमति ४१ वर्षिय व्यक्ति र अन्य सबैजना बेदकोट नगरपालिका क्षेत्रकै हुन् । स्वास्थ्य शाखा प्रमुख पालका अनुसार संक्रमितसँगै आएका ११ जना र अन्य २ गरि क्वारेन्टाइनमा रहेका १३ जनाको थ्रोट स्वाब नेपाली सेनाको छाउनी अस्पतालको टोलीले चैत २० मा संकलन गरेर लगेको हो । उनीहरुसँगै महेन्द्रनगरको वैजनाथ माविमा रहेका थप १० जनाको स्वाब पनि सेनाको टोलीले संकलन गरेर लगेको थियो ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपालमा लकडाउन सुरु भएयता दोधारा चाँदनी, गड्डाचौकी र ब्रहृमदेव क्षेत्रबाट ३ हजारको हाराहारीमा नेपालीहरु भारतबाट फर्किएको बताइन्छ । अधिकांशले ट्युबबाट महाकाली तरेर वा पैदलै हिँडेर अवैध बाटोको प्रयोग गरेको प्रशासन स्रोतले बताएको छ ।

प्रकाशित : चैत्र २२, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?