१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खाद्यान्‍न पसल तीन घण्टा खुल्ने 

धनगढी — जिल्लामा खाद्यान्न लगायत अत्यावश्यक वस्तु र सेवाका पसल तीन घण्टा सञ्चालन गर्न दिइने भएको छ ।

खाद्यान्‍न पसल तीन घण्टा खुल्ने 

धनगढी उपमहानगरपालिका, कैलाली उद्योग वाणिज्य संघ लगायत सरोकारवालाको शुक्रबारको बैठकले लकडाउन अवधिमा बिहान तीन घण्टा पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो । सामान किनमेलका लागि भने तीन फिटको दूरी कायम गरिने भनिएको छ ।

शनिबारदेखि लागू हुने गरी खाद्यान्न, तरकारी र दूग्धजन्य व्यवसायका पसलमात्रै बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको संघले विज्ञप्तिमार्फत जनाएका छन् । दैनिक उपभोग्य वस्तु होम डेलीभरी गर्न चाहने व्यवसायीहरुले भने स्थानीय तहसँग समन्वय गरी कारोबार गर्ने अनुमति दिएको छ । बैठकले मोटरसाइकल सञ्चालनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको धनगढी उपमहानगरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लकडाउनलाई कसिलो बनाउन अत्यावश्यक वस्तु खरिदका नाममा साँझपख निस्कने क्रम बढेकोले होमडेलिभरी, घुम्ती पसल लगायत नयाँ उपाय खोजिने बताएका थिए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सरोकार पक्षले सरोकारवालाको निर्णय स्थानीय प्रशासनमा आएपछि अध्ययन गरी लागू गर्न दिने/नदिने विषयमा प्रशासनिक निर्णय हुने बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?