२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

धनगढीमै कोरोना परीक्षण

अर्जुन शाह

धनगढी — सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को थ्रोट स्वाबको नमुना परीक्षण बिहीबार साँझदेखि सुरु भएको छ । संक्रमणको आशंका गरिएका एक बिरामीको नमुना परीक्षणबाट सेवा सुरु गरिएको हो । संघीय सरकारले ‘रियल टाइम पीसीआर’उपकरण पठाएपछि धनगढीबाटै कोरोना भाइरसका शंकास्पद बिरामीको नमुना परीक्षण थालिएको हो।

धनगढीमै कोरोना परीक्षण

अस्पतालमा स्थापना भएको प्रयोगशालामा काठमाडौंबाट आएका वरिष्ठ विशेषज्ञ डा. श्रवणकुमार मिश्र, विमोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखक र सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीसहित चार जनाको टोली परीक्षणमा संलग्न छन्।


प्रयोगशाला इन्चार्ज शाहीका अनुसार बिहीबार शंकास्पद बिरामीको पहिलो स्वाब परीक्षणमा डेढ घन्टा लागेको थियो। परीक्षणको नतिजा नेगेटिभ रहेको उनले जानकारी दिए।

प्रकाशित : चैत्र २०, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?