भीरबाट लडेर महिलाको मृत्यु 

तृप्ति शाही

(बैतडी) — बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ९ सल्लेबासाकी ४० वर्षीया निर्मला महरा रहेकी छिन् । 

घरबाट पाइपलाइन खन्ने काममा जाँदै गरेकी उनी बिहीबार दिउँसो १२ बजे गोइलासैन भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएकी महराको मृत्यु भएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी बताए ।

प्रकाशित : चैत्र २०, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?