कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा अलपत्र नागरिक फर्काउन रिट

डीआर पन्त

डडेलधुरा — लकडाउनका कारण महाकालीपारि भारतीय भूमिमा रोकिएका सयौं नेपालीलाई देश फर्काउन माग राखी सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता मनीष श्रेष्ठ, रामदत्त ओझा, मणिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले रिट दायर गरेका हुन् ।

सीमामा अलपत्र नागरिक फर्काउन रिट

उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय र उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कार्यालयलाई विपक्षी बनाएका छन् ।

रिटमा नेपाली जनतालाई नेपाल प्रवेशमा रोक नलगाउन परमादेश माग गरिएको छ । सरकारले उचित कदम नचाले सीमापारि रहेकाहरू जोखिमपूर्ण तरिकाले नेपाल प्रवेश गर्ने सम्भावना रहेको र त्यसले झन् भयावह स्थिति निम्त्याउने उल्लेख गरिएको छ ।

त्यस्तै देशभित्र प्रवेश गर्न नदिने गरी सरकारको २०७६ चैत ११ र १२ गतेको निर्णय र त्यसका आधारमा भएका परिपत्र, तोक आदेश बदर गर्नुपर्ने जनाइएको छ ।

निवेदकहरूले नेपालीहरूलाई तत्काल नेपाल प्रवेश गर्न दिई आवश्यक जाँचको व्यवस्था मिलाउनसमेत सरकारका नाममा आदेश माग गरेका छन् ।


प्रकाशित : चैत्र १९, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?