१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धनगढी पुग्यो कोरोना जाँच्ने मेसिन 

चित्रांग थापा

धनगढी — संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षणका लागि पठाएको उपकरण मंगलबार धनगढी आइपुगेको छ । उक्त उपकरण नेपाली सेनाको हेलिकप्टरमा ल्याइएको हो ।

अन्य उपकरण भने गाडीबाट ढुवानी भइरहेको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।


‘प्रयोगशालाका लागि आवश्यक अन्य मेसिनरी सामग्री आज मंगलबार काठमाडौंबाट लोड भएको छ, भोलि साँझ वा पर्सि बिहीबार दिउँसोसम्म आइपुग्छ,’ उनले भने, ‘मंगलबार यहाँ पुर्‍याइएको मेसिन अत्यन्त संवेदनशील भएकाले उक्त प्रमुख मेसिनसँगै रिएजेन्टहरू हेलिकप्टरबाट ल्याइएको हो ।’


अवस्थीका अनुसार कोरोना परीक्षण गर्ने उपकरण तीन दिनभित्रै जडान गरिनेछ । ‘७ देखि ९ दिनभित्र प्रयोगशाला स्थापना गरी सेती प्रादेशिक अस्पतालबाट कोरोना भाइरसको परीक्षण सेवा नियमित सञ्चालन हुनेछ,’ उनले भने । प्रयोगशालाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सकसहितका जनशक्तिसमेत पठाइसकेको अवस्थीले बताए ।

यसैबीच सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले कोरोना नियन्त्रणका लागि सोमबार स्वास्थ्य सेवा विभागबाट प्राप्त सामग्री मंगलबार नै प्रदेशका विभिन्न जिल्ला पठाउन सुरु गरेको छ । ‘बाजुराको मार्तडीमा त मंगलबार साँझै पुगिसक्यो,’ अवस्थीले भने, ‘बाँकी जिल्लामा बुधबारसम्म पुगिसक्छ ।’

प्रकाशित : चैत्र १८, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?