३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आइतबारदेखि कञ्चनपुरका तरकारी बजार बन्द

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुर प्रशासनले बिहानको समयमा खुला हुने गरेको तरकारी बजार आइतबारदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । तरकारी किनमेलका लागि महेन्द्रनगर तथा जिल्लाका अन्य बजारमा अत्यधिक भिडभाड भई जोखिम बढाएको भन्दै जिल्लाभरका सम्पूर्ण तरकारी बजारहरु बन्द गर्ने निर्णय गरेको हो । 

आइतबारदेखि कञ्चनपुरका तरकारी बजार बन्द

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले देशभर ‘लकडाउन’ घोषणा गरेपछि स्थानीय प्रशासनले अत्यावश्यक खाद्यपदार्थ किनमेलका लागि बिहान ५ देखि ७ बजेसम्मको समयमा केही खुकुलो बनाएको थियो । तरकारी बजार पनि सोही समयमा खुला हुने गरेको थियो । ‘तरकारी किन्ने बेला भिड धेरै भएपछि बन्द गर्ने निर्णय गरिएको हो,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘यसअघि पनि समय छुट्याइएको थिएन, बिहानको समयमा केही खुकुलो मात्रै गरिएको हो ।’


प्रशासनलेदुई दिनअघिसम्म साँझ ६ देखि ८ बजेसम्म पनि किनमेलका लागि खुकुलो पारेको थियो । ‘तरकारी बजार बन्द भएपनि अन्य अत्यावश्यक सामग्री किनमेल भने खुला रहनेछ,’ उनले भने । अन्य समयभन्दा बिहान भिडभाड कम हुने भएकाले त्यतिबेला नै किनमेल गर्न सकिने उनले सुझाए ।

प्रकाशित : चैत्र १५, २०७६ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?