३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रयोगशाला सुदूरपश्‍चिममै राख्‍न माग

मोहन शाही

(डोटी) — डोटीका जनप्रतिनिधिहरुले मंगलबार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय संशोधन गर्नुपर्ने माग गरेका छन् । जिल्ला समन्वय समिति डोटी उपप्रमुख शशी सोपले भारतबाट सयौं नेपालीहरु कोरोना भाइरसको त्रासले एकाएक भित्रिएकाले सुदूरपश्चिम बढी जोखिममा रहेको बताइन् ।

‘सरकारले यो जोखिमलाई गम्भीर रुपमा लिइयोस्’, उपप्रमुख सोपले भनिन्, ‘बाजुरा, दार्चुला, अछामका मानिसले परिक्षणका लागि नेपालगञ्ज जान अत्यन्तै पीडादायी हुन्छ । सरकारले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न अनुरोध गर्छु ।’


समन्वय समितिले सुदूरपश्चिमवासीका लागि नेपालगञ्ज परीक्षण गर्नु पर्ने निर्णय गरेको छ । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाही, शिखर नगरपालिका प्रमुख सीताराम जोशीले पनि कोभिड १९ को परीक्षणका लागि सुदूरपश्चिममै प्रयोगशाला बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ‘महाबिपत्तिका बेला सरकारले यहाँको जोखिमलाई गम्भिररुपमा लिइदिनु पर्छ’केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले भने, ‘यतिबेला भारतबाट आएकाहरुलाई सम्हाली नसक्ने अवस्था छ, प्रयोगशाला यतै भयो भने राहत हुनेथियो ।’


बुधबारमात्रै डोटीमा २ सय ५७ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । डोटीका जनप्रतिनिधि, प्रशासन र नागरिक समाजको लामो प्रयासपछि क्‍वारेन्टाइनमा राख्न सफल भएका थिए ।

प्रकाशित : चैत्र १२, २०७६ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?