कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टीकापुरमा १५ वटा आइसोलेसन कक्ष

गणेश चौधरी

टीकापुर — टीकापुरमा कोरोनो भाइरस संक्रमणको उपचारका लागि १५ वटा आइसोलेसन कक्ष बनाइएको छ । टीकापुर अस्पतालमा १२ वटा र साथी अस्पताल प्रालिमा ३ वटा आइलोसेन कक्ष बनाइएको हो । 

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले टीकापुरमा १६ थान पीपीई रहेको बताए ।


यस्तै, टीकापुरमा १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । टीकापुर बहुमुखी क्याम्पस भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । भारतबाट मंगलबार आएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।


तीमध्ये एक जना बर्दियाका र अरु टीकापुर नगरपालिकाकै रहेका जनाइएको छ । क्वारेन्टाइनमा रहेका सबैलाई खानाको व्यवस्था नगरपालिकाले नै गरेको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?