कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लकडाउनले  धनगढी सुनशान

मोहन बुढाऐर

धनगढी — प्रदेशको राजधानी तथा प्रमुख व्यापारिक शहर धनगढी लकडाउन भएको छ ।  बजारका सबैजसो पसल, उद्योग कलकारखाना सवारी साधान बन्द हुनुका साथै मान्छेको आउजाउ समेत  भएको छैन । 

लकडाउनले  धनगढी सुनशान

फाटफुट चलेका मोटरसाइकल यात्रीलाई पनि रोक लगाइएको छ । स्थानीय प्रशासनले सोमबार निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले अत्यावश्यक वस्तु सुचारु रहने गरी निषेधाज्ञा जारी गरेको थियो ।


सुदूरपश्चिम प्रदेशको गौरीफन्टा–धनगढी नाकामा भारतका विभिन्न शहरबाट आएर अलपत्र परेका नेपालीहरुलाई नेपाल प्रवेश गराउनका लागि स्थानीय प्रशासनले गृह मन्त्रालयको आदेश पर्खिरहेको छ ।


‘गृह मन्त्रालय र प्रदेश सरकार समुन्वय भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने,‘उनीहरुको प्रारम्भीक स्वास्थ्य जाँच गरेर सिधै गन्तव्यतर्फ पठाउने की क्वारेन्टाइनमा राख्नेमा छलफल भइरहेको छ ।’


यो पनि पढ्नुहोस्ः

गौरीफन्टा नाकामा एक हजार अलपत्र

प्रकाशित : चैत्र ११, २०७६ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?