अख्तियारका कर्मचारीले कोरोना जोखिम न्यूनिकरणका लागि पारिश्रमिक दिने

भवानी भट्ट

कञ्चनपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका कर्मचारीहरुले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार कार्यालय सहयोगी र प्रहरी हवल्दार सम्मकाले १ दिनको र अन्य कर्मचारीले ३ दिन बराबरको पारिश्रमिक दिने निर्णय भएको हो । 

अख्तियारका कर्मचारीले कोरोना जोखिम न्यूनिकरणका लागि पारिश्रमिक दिने

‘महामारीको जोखिम न्यूनिकरणका लागि हामीले आफ्‍नो पारिश्रमिक दिने निर्णय गरेका हौं’ विष्टले भने, ‘सबै कर्मचारीबाट संकलन हुने रकम कोषमा जम्मा गरिनेछ ।’ उनका अनुसार सबै कर्मचारीबाट १ लाख ३७ हजार रुपैयाँ संकलन हुनेछ ।



प्रकाशित : चैत्र १०, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?