२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कैलालीमा विस्फोटबाट एकको मृत्यु, प्रहरी टोली घटनास्थलमा

मोहन बुढाऐर

धनगढी — कैलालीको गोदावरी नगरपालिका–४ फुलनबस्तीमा पित्तलजस्तो वस्तु विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । 

कैलालीमा विस्फोटबाट एकको मृत्यु, प्रहरी टोली घटनास्थलमा

जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतका अनुसार दाउरा लिन जंगलमा जाँदा फेला परेको पित्तलजस्तो वस्तु घरमा ल्याएर आगोमा गलाउन खोज्दा विस्फोट भएर फुलनबस्तीका ४० वर्षीय दलबहादुर विकको मृत्यु भएको हो ।


बिस्फोट भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको डीएसपी बस्नेतले बताए ।

प्रकाशित : चैत्र ९, २०७६ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?