१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तरकारीमा कालोबजारी गरेकाे आरोपमा २ लाख जरिवाना 

अर्जुन शाह

धनगढी — तरकारीमा कालोबजारी गरेको आरोपमा धनगढीका एक व्यापारीलाई शुक्रबार साँझ २ लाख जरिवाना गरिएको छ । दुई साताअघि मास्क बिक्रीमा कालोबजारी गरेको आरोपमा धनगढीकै एउटा पसललाई २ लाख जरिवानामा तिर्नुपरेको थियो । 

धनगढीको दक्षिणकाली हाटबजारमा रहेको ओम शारदा ट्रेर्डसका सञ्चालक शारदा साउँदलाई तरकारीमा कालोबजारी गरेको आरोपमा २ लाख जरिवाना गरिएको हो । जिल्ला प्रशासन कार्यालय, धनगढी उपमहानगरपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा कारबाही गरेको हो । साउँदले भारतका पलियाबाट आलु, प्याज, टमाटर लगायत आयात गरी बिक्री गर्दै आएका थिए ।


दुई साताअघि बजार अनुगमनकै क्रममा ६ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँमा बेच्ने गरेको पाइएपछि धनगढीकै न्यू सुशील शृंगार पसलकी सञ्चालक सन्ध्या अग्रवाललाई २ लाख जरिवाना गरिएको थियो । कालोबजारी गरिएको पाइएमा उपभोक्ता संरक्षण ऐन ०७५ अनुसार ३ लाखसम्म जरिवाना गर्नसक्ने अधिकार रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कमल पुन मगरले बताए ।


पछिल्लो समयमा बजार अनुगमन बढाइएको उनको भनाइ छ । तीन दिनअघि २ जना ग्यास बिक्रेतालाई पनि १५/१५ हजार जरिवाना गरिएको कार्यालय प्रमुख पुन मगरले बताए ।

प्रकाशित : चैत्र ८, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?