राष्ट्रपतिले गरिन् त्रिपुरासुन्दरी मन्दिरकाे दर्शन

तृप्ति शाही

बैतडी — राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीको भ्रमण गरेकी छिन् । दिउँसो साढे १ बजेतिर दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिर पुगेकी उनले पूजाआजा गरिन् । सोहि स्थानमै नगरपालिकाले उनलाई नागरिक अभिनन्दन गरेको थियो । नगरप्रमुख नरेन्द्रसिंह थापाले उनलाई अभिनन्दन गरेका थिए ।

राष्ट्रपतिले गरिन् त्रिपुरासुन्दरी मन्दिरकाे दर्शन

त्यसपछि पाटन नगरपालिकामा आयोजित भिमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नव निर्मित भवनको उद्घाटन कार्यक्रममा पुगेकी उनलाई पाटन नगरपालिकाले पनि नागरिक अभिनन्दन गर्‍यो । जिल्लाको तर्फबाट नगरप्रमुख केशवबहादुर चन्द, बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, प्रदेश सांसद, लिलाधर भट्ट, प्रेम प्रकाश भट्ट लगायतले अभिनन्दन गरेका थिए ।

साथै पाटनमा भएको कार्यक्रममा ससाना स्कुले बालबालिकाको प्रयोग गरिएको छ । तल्लो कक्षाका विद्यार्थी थकित मुद्रामा देखिन्थे । बिहानैबाट उनीहरुलाई हिँडाएर, घन्टौं उभ्याएर कार्यक्रममा राखिएको थियो ।

प्रकाशित : फाल्गुन १५, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?