दम्पती घरभित्रै मृत भेटिए

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा एक दम्पती घरभित्रै मृत अवस्थामा भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार कलुवापुरको कटान टोलका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी विष्ट भण्डारी बिहीबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका हुन् ।


कार्यालयका प्रहरी निरीक्षक सुरज कार्कीका अनुसार धनाको टाउको र जयलालको घाँटीमा धारिलो हतियार प्रयोग भएको छ । घट्नाको पूर्ण विवरण आइनसकेको उनले बताए । प्रकाशित : फाल्गुन १५, २०७६ १६:१६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लगातार ३४ घन्टा हिउँ परेपछि सगरमाथा आरोहणमा गएका टासी फर्किँदै

सुरज कुँवर

काठमाडौँ — अफ सिजनमा ‘बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने उद्देश्यले’ सगरमाथा आराेहणमा गएका नेपाली आरोही टासी लाक्पा शेर्पा लागातारकाे हिमपातपछि बिहीबार क्याम्प टु फर्केका छन् ।

सगरमाथाकाे ७ हजार उचाईमाथि पुगिसकेका उनी ३४ घन्टा लगातार हिमपात भएका कारण क्याम्प थ्रीबाट फर्कनुपरेकाे हाे ।
टासी र उनकाे टाेली आधारशिविरबाट पर्सी फर्कने उनका दाइ मिङ्मा शेर्पाले जानकारी दिए । तेस्राे क्याम्पसम्म पुगेका टासीकाे यस पटककाे आराेहण स्थगित भएकाे र अर्काे हिउँदमा जारी रहने शेर्पाले बताए ।


पर्यटन विभागले ३४ वर्षीय उनलाई फागुन ११ गते साँझ आरोहण अनुमती प्रदान गरेको थियाे भने उनी भाेलिपल्ट आराेहणका सगरमाथा आधार शिविर पुगेका थिए ।
हिउँदयामको आरोहणमा पहिलो नेपाली, विना अक्सिजन ५ दिनमा सक्नेगरी तीन विधाको रेकर्ड बनाउने लक्ष्य राखेर सगरमाथा आरोहणमा जान लागेको उनले यसबारे गिनिजको टोलीलाई पनि जानकारी गराइसकिएको बताएका थिए ।

प्रकाशित : फाल्गुन १५, २०७६ १६:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×