कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अछाममा जीप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते, एकको मृत्यु

मेनुका ढुंगाना

अछाम — परिवारसहित कामको खोजीमा भारत जान निस्केका ढकारी गाउँपालिका–३ का राम नेपालीको मंगलबार जीप दुर्घटनामा मृत्यु भएको छ । उनका एक छोरी, एक छोरा र श्रीमतीसमेत गरी १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये चिन्ताजनक अवस्थामा रहेकी पावर्तीलाई नेपालगन्ज रीफर गरिएको जिल्ला अस्पताल अछामले जनाएको छ । जिल्लाको ढकारीबाट मंगलसैनतर्फ आउँदै गरेको जीप कमलबजार नगरपालिका वडा नम्बर–६ हात्तीबाँझमा दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा ढकारी–३ की पारु नेपाली, सोहि ठाउँकी धनसरा नेपाली, उजले नेपाली, पहराम बुढा, ढकारी–६ टीका सुर्जी, साँफेबगरका मुकेश सुनार, कमलबजार नगरपालिका–५ की पार्वती गुरुङ, ढकारी–१ का तपेन्द्र बुढा, ढकारी–१ का जीप चालक ललि नेपाली, कैलाली बौनियाका खकेन्द्र सुनार र पारस सुनार रहेका छन् ।

से १ ज ९१० नम्बरको जीप मंगलबार करिब १२ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ ।

केही घाइतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । तीव्र गति र वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?