कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भन्सार छ, क्‍वान्टाइन छैन

कान्तिपुर संवाददाता

टीकापुर — भन्सार छलेर अवैध रूपमा भारतबाट ल्याइएको ७० किलो माछा शनिबार प्रहरी चौकी कालाकुण्डाले पक्राउ गरेर नष्ट गर्‍यो । कैलाली टीकापुर क्षेत्रको सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन चेकपोस्ट नभएकाले अवैध आयात हुने गरेको छ ।

क्वारेन्टाइन नभएकै कारणखक्रौला नाकाबाट पशुपंक्षी आयातनिर्यात हुन नसकेको व्यवसायीहरू बताउँछन् ।पशुपंक्षी तथा बोटबिरुवा आयातनिर्यात गर्नुपरे धनगढी जानुपर्ने अवस्था रहेकोव्यवसायीको गुनासो छ ।

यसले राजस्व संकलनमा समेतकमी भइरहेको भन्सार प्रमुख रामचन्द्र शर्मा ढकाल बताउँछन् । उनका अनुसार सत्तीभन्सार कार्यालयले चालु आर्थिक वर्षमा ७ करोड २९ लाख ७७ हजार रुपैयाँ राजस्व संकलनगर्ने लक्ष्य राखेको थियो । तर, पछिल्लो तीन महिनाको अनुपातहेर्दा लक्ष्य पूरा हुने देखिँदैन । कार्यालयले मंसिरमा ५८ लाख लक्ष्य राखेकोमा ४७लाख, पुसमा ५६ लाख राखेकोमा ३८ लाख र माघमा ५४ लाख लक्ष्य राखेकोमा ३७ लाख मात्रैराजस्व उठाएको छ ।

भन्सार प्रमुख ढकालकाअनुसार लक्ष्यभन्दा थोरै राजस्व संकलन हुनुमा भन्सारको बाटो भएर आयात गर्नेअधिकांश सामग्री घरायसी प्रयोजनको हुनु हो । क्वारेन्टाइनमा जाँच गर्नुपर्नेव्यापारिक समान यस नाकाबाट नआउने भएकोले राजस्व घटेको उनले बताए । क्वारेन्टाइन नहुँदा व्यवसायीले जोखिम लिनुपर्ने बाध्यता छ,’ उनले भने,‘रोग र प्रकोपको जोखिम पनि उत्तिकै छ ।

छोटी भन्सार कार्यालय हुँदासत्तीमा क्वारेन्टाइन चेकपोस्ट पनि थियो । पशुपंक्षी यही नाकाबाट आयातनिर्यातहुन्थ्यो । द्वन्द्वकालमा छोटी भन्सार विस्थापित भएपछि हाल भन्सार कार्यालयसञ्चालनमा आएको छ तर क्वारेन्टाइन पुनर्स्थापना हुन सकेको छैन । पशु क्वारेन्टाइनस्थापनाका लागि पहल गरिरहेको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताए ।उनले भने, ‘भन्सार बन्यो तर क्वारेन्टाइन नहुँदा व्यवसायीले पुरानै नाका प्रयोगगर्नुपर्ने बाध्यता छ ।

तत्कालीन पशु क्वारेन्टाइनचेकपोस्टको जीर्ण भवनमा अहिले सत्ती प्रहरी चौकी छ । सत्तीमा रहेको प्रहरीकार्यालय द्वन्द्वका बेला ध्वस्त बनाइएपछि

प्रहरी चौकीलाई अस्थायीरूपमा त्यहाँ स्थानान्तरण गरिएको हो । क्वारेन्टाइन स्थापना गर्न भन्सार विभागमापत्राचार गरेको भन्सार प्रमुख ढकालले बताए । उनले भने, ‘हामीले गर्न सक्ने जति गरेका छौं । माथिल्लो निकायले क्वारेन्टाइन स्थापनाकोपहल गर्नु जरुरी देखिन्छ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?