ट्रयाक्टरबाट लडेर एकको मृत्यु 

गणेश चौधरी

टीकापुर — टीकापुर नगरपालिका–१ शिवनगरमा गुडिरहेको ट्रयाक्टरबाट लडेर टीकापुर नगरपालिका–८ का करिब ३० वर्षीय बलीराम चौधरीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुर प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार वडा नं. ८ कै १९ वर्षीय राम चौधरीले चलाइरहेको से १ त ८२९५ नम्बरको ट्याक्टरबाट खस्दा घाइते भएका बलीरामको टीकापुर अस्पतालमा मृत्यु भएको हो ।


ट्रयाक्टर र चालक नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?