२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बम डिस्पोज गर्दा घरमा क्षति

अर्जुन शाह

धनगढी — बाजुरा सदरमुकाम मार्तडीमा जिल्ला प्रहरी कार्यालयको छेवैमा रहेको गैरसरकारी संस्था पीसविन बाजुराको कार्यालयको आँगनमा शनिबार भेटिएको प्रेसर कुकर बम निष्क्रिय गर्ने क्रममा कार्यालय सञ्चालन भएको घरमा क्षति भएको छ । 

बम डिस्पोज गर्ने क्रममा कार्यालयका सामग्री र घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालय भाडाको घरमा छ । घरधनी धर्म रोकायाका अनुसार पक्की घर चर्किएको र झ्याल/ढोकाका सिसा सबै फुटेका छन् । ‘घरमा ६ लाख बढीको क्षति भएको छ,’ रोकायाले भने ।


शुक्रबार साँझै पीसविनका कर्मचारीहरुले कालो झोलाभित्र राखेको वस्तु देखेका भएपनि वास्ता गरेका थिएनन् । उनीहरुले शनिबार बिहान प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले बम रहेको अनुमान गरेपछि मार्तडीस्थित सेनाको गुल्ममा खबर गरेको थियो ।


सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गराउने क्रममा घरमा क्षति भएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बम भेटिएको स्थानबाट यताउता सार्न नमिल्ने भएकाले सेनाले त्यही निष्क्रिय गरेको जानकारी गराएको बताएका छन् । उनले घरमा भएको क्षतिको मूल्यांकन गर्न प्रतिनिधि खटाइएको बताएका छन् । बम कसले राखेको हो भन्ने अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७६ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?