२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बझाङमा जीप दुर्घटना : गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते

वसन्तप्रताप सिंह

बझाङ — बझाङको खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा जीप दुर्घटना भएको छ । दुर्घटनामा गाउँपालिकाकी उपाध्यक्ष पाउसरा थापासहित ९ जना घाइते भएका छन् । गाउँपालिकाको कार्यालयबाट वडा नम्बर ७  मा पर्ने गडरायतर्फ जाँदै गरेको से १ ज १२२० नम्बरको जीप लामाखेतमा दुर्घटना भएको थियो । 

बझाङमा जीप दुर्घटना : गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते

गडरायको महेश्वरी माध्यमिक विद्यालयमा भइरहेको अध्यक्ष कप खेलकुदमा सहभागी हुने विद्यार्थी, शिक्षक र जनप्रतिनिधि बोकेर गएको जीप दुर्घटनामा परी अन्य ९ जना घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी छान्नाका इन्चार्ज भुवनसिहं बोहराले बताए ।


खप्तड छान्ना गाउँपालिकामा दुर्घटनाग्रस्त भएको जिप । तस्बिर सौजन्यः रामबहादुर सिंह ।

गम्भीर घाइते हुनेमा विद्यार्थी नरेन्द्र उपाध्याय र सुमन विक रहेका छन् । जीपमा झण्डै १३ जना सवार रहेका र जसमा अधिकांश विद्यार्थी रहेको बोहराको भनाइ छ । घाइतेको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ । क्षमताभन्दा दोब्बर बढी यात्रु बोकेका कारण जीप पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।


जीप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?