कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चमेलिया नदीमा विद्यार्थी मृत भेटिए

मनोज बडू

दार्चुला — मार्मा गाउँपालिका–३ मा पर्ने चमेलिया नदी किनारमा स्थानीय एक विद्यार्थी मृत अवस्थामा बिहीबार बिहान भेटिएका छन् । गाउँपालिकाको केन्द्र लटिनाथस्थित लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा कक्षा १२ मा अध्ययनरत अन्दाजी १८ वर्षीय अनिल टमटा मृत भेटिएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान साढे ५ बजे घरबाट विद्यालय हिँडेका अनिल साँझ ८ बजेसम्म घर नफर्केपछि परिवारले खोजी गरेको थियो । बुधबार अनिल विद्यालय नपुगेपछि स्कुल पनि खाजीमा लाग्याे । लटिनाथ माध्यमिक विद्यालयका शिक्षक दिनेशबहादुर सिंहले नदीमा शव तैरिएको देखेपछि प्रहरीलाई जानकारी दिएकाे बताए ।

इलाका प्रहरी कार्यालय लटिनाथले स्कुल हिँडेका उनी भिरबाट चिप्लेर चौलानी नदीमा खसेर हुनसक्ने प्ररम्भिक अनुमान लगाए । शवलाई नदी किनारबाट निकालेर पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिए।

प्रकाशित : फाल्गुन १, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?