जिपको ठक्करबाट दार्चुलामा बालकको मृत्यु

मनोज बडू

दार्चुला — शैल्यशिखर नगरपालिका–९ नायलमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । गोकुलेश्वर–मार्मा सडकखण्डमा बिहीबार बिहान बा १३ च २०४१ नम्बरको जिपले ठक्कर दिँदा ५ वर्षीय बालक महेश महरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार बालकको घटनास्थलमै मृत्यु भएको थियो । बच्चालाई ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खगेन्द्रसिंह साउदले बताए ।

प्रकाशित : माघ २३, २०७६ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?