कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रदेश सरकारले प्रेस नियन्त्रण गर्न खोजेको आरोप 

अर्जुन शाह

धनगढी — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले प्रेस स्वतन्त्रता नियन्त्रण हुनेगरी कानुनको तयारी गरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दर्ता गराएको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ माथि प्रदेशसभामा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।

प्रदेश सरकारले प्रेस नियन्त्रण गर्न खोजेको आरोप 

विधेयकमाथि सुरु भएको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद भारत खड्काले विधेयकले प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखेको बताए । उनले भने, ‘मन्त्री आफै बोर्डको अध्यक्ष हुने कुरा उचित होइन । नियमन र नियन्त्रण अलगअलग कुरा हुन् ।’ राजपा सांसद मालमती रानाले संघीय कानुन नआउँदै प्रदेशमा यो विधेयक ल्याउनु उचित नभएको बताइन् । विषयगत समितिमा विधेयकका प्रावधान सम्बन्धमा गहन छलफल हुनुपर्नेमा कांग्रेस सांसद खड्काले जोड दिए ।


बैठकमा बोल्ने सत्तारुढ दलका सांसदहरुले भने दर्ता भएको विधेयकका प्रावधानमा कुनै कमीकमजोरी भए विषयगत समितिमा छलफलको चरणमा सच्याउन सकिने बताए । ‘अहिलेको जमानामा प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै कदम कसैले चाल्न सक्ने अवस्था होइन,’ सांसद पूर्णा जोशीले भनिन्, ‘विधेयककै प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता भनेर उल्लेख भएकोले अन्य प्रावधानहरुमा कुनै बदनियत राखेको छ भन्ने शंका गर्नु हुन्न । अझ पनि विषयगत समितिमा परिस्कृत गर्न सकिन्छ ।’

प्रकाशित : माघ १३, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?