टिपरको ठक्करबाट युवतीको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बिहीबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत भानुचोक नजिकै टिपरको ठक्करबाट बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोलाकी २२ वर्षीया रमिता भट्टको मृत्यु भएको हो । उनी महेन्द्रनगरमा भाडामा बस्दै आएकी थिइन् । 

ZenTravel

पश्चिमतर्फ आइरहेको से १ क ८८७ नम्बरको टिपरले समान दिशामा साइकलमा आइरहेकी भट्टलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दका अनुसार टिपर चालक फरार छन्।
युवतीको मृत्युपछि स्थानीयले टिपरमाथि ढुंगामुढा प्रहार गरेका छन्। भानुचोक क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। स्थानीयले प्रहरीमाथि समेत ढुंगामुढा प्रहार गरेका छन्।

Meroghar


प्रकाशित : माघ ९, २०७६ १९:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सापकोटा विरुद्ध माइतीघरमा प्रदर्शन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ । सिन्धुपाल्चोकका अर्जुन लामाको हत्या अभियोगमा सापकाेटा मुछिएका भन्दै उनी विरुद्ध लामाकी पत्नी पूर्णमाया र मानव अधिकारकर्मीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

लामाकी पत्नी पूर्णमायाले सापकोटा विरुद्ध सर्वोच्चमा रिट हालेकी छन् । मुद्दा लागेका व्यक्तिलाई कानुन बनाउने काममा उभ्याएको भन्दै तीनदेखि पूर्णमाया लगायतका मानवअधिकारकर्मीहरुले चर्को विरोध गर्दै माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । सभामुख पदमा सापकोटाको मात्रै उम्मेदवारी परेको छ । 

प्रकाशित : माघ ९, २०७६ १९:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×