कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बेल्जियमकी राजकुमारीद्वारा क्षयरोग उपचार केन्द्रको उद्धघाटन 

मोहन बुढाऐर

धनगढी — बेल्जियमकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले कैलालीको गोदावरी नगरपालिका – ६ श्रीपुरमा निर्माण गरिएको लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको संयुक्त रुपमा उद्धघाटन गरेका छन् । 

बेल्जियमकी राजकुमारीद्वारा क्षयरोग उपचार केन्द्रको उद्धघाटन 

यो अस्पताल एमडीआर क्षयरोग र कुष्ठरोगका लागि प्रादेशिक रेफरेन्स सेन्टरका रुपमा रहेको छ। अस्पतालमा रहेका सेवा सुविधाहरुलाई बेल्जियमको गैरसरकारी संस्था डमीयन फाउन्डेसनले सहयोग गर्दै आएको छ। राजकुमारी उक्त संस्थाको मानार्थ अध्यक्ष समेत हुन्।

पाँच करोडको लागतमा सम्पन्न क्षयरोग उपचार केन्द्रमा हाल १५ बेड राखिएको छ । एक चिकित्सक सहित ४४ जना स्वास्थ्यकर्मीहरुको दरबन्दी कायम गरिएको छ ।

प्रकाशित : माघ ६, २०७६ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?