१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

शिक्षक मृत फेला

बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लामा एक शिक्षक सोमबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । काडा भवानी माविमा अध्यापन गराउँदै आएका सिराहा औराही गाउँपालिका–३ घर भएका अन्दाजी वर्ष ५५ का रामदयाल यादव रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् । 

सोमबार बिहान छाती दुःखेका कारण विद्यालय नगएको र सोमबार राति नै उनी मृत अवस्थामा फेला परेको प्रहरीको भनाई रहेको छ । मृतक शिक्षक यादव पुडाबाब्लाका स्थानीय परे बुढाको घरमा डेरा गरी बस्दै आएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृत फेला परेका यादवको सुत्ने कोठामा औषधिहरु समेत फेला पारेकाे समेत बताइएकाे छ ।

प्रकाशित : पुस २९, २०७६ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?