वन्यजन्तुको छाला र भरुवा बन्दुकसहित ७ सिकारी पक्राउ

बाजुरा — जिल्ला प्रहरी कार्यालय बाजुराले वन्यजन्तुको चोरी शिकार गर्ने ७ जनालाई हतियारसहित प्रक्राउ गरेको छ । उनीहरुलाई बुढिनन्दा नगरपालिका पाण्डुसैनबाट ४ वटा भरुवा बन्दुकसहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धव सिंह भाटले बताए ।

वन्यजन्तुको छाला र भरुवा बन्दुकसहित ७ सिकारी पक्राउ

प्रक्राउ पर्नेहरुमा बुढिन्नदा–८ का ५९ वर्षीय आईत बोहरा, ३१ वर्षीय बलबहादुर बोहरा, २५ वर्षीय मनिचन्द्र बोहरा, ४० वर्षीय कबिन्द्र बोहोरा, ३२ वर्षीय दल कामी, पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ वर्षीय पृथ्वीबहादुर सिंह छन् ।


प्रहरीले बलबहादुर बोहरा, दले कामी, कबिन्द्र बोहरा र मनिचन्द्र बोहराबाट एक एक थान भरुवा बन्दुक, कबिन्द्रको घरबाट अवैध रुपमा वन्यजन्तुको सिकार गरी राखेको जंगली जनावरको छाला समेत बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट थारा, घोरल र रतुवा गरी ५ थान छाला बरामद गरेको हो ।


प्रक्राउ परेका ७ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखजना सम्बन्धी कसुर मुद्दा दर्ता गरी कानूनी कारबाही अगाडि बढाएको छ ।

प्रकाशित : पुस १०, २०७६ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?