१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जीप र बस ठोक्किँदा ६ जना घाइते

मनोज बडु

दार्चुला — महाकाली लोकमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ पस्तीमा जीप र बस एक आपसमा ठोक्किँदा ६ जना यात्रु घाइते भएका छन् । शनिबार बेलुका शंकरपुर पस्तीस्थित प्रहरी चेक पोस्ट नजिकै बस र जीप आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप र बस ठोक्किँदा ६ जना घाइते

सदरमुकाम खलंगाबाट कुञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ४ ख ५९२२ नम्बरको बस र मार्मा गाउँपालिकाको लटिनाथबाट खलंगा आउँदै गरेको म १ ज २३३ नम्बरको जीप आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार बस र जीप आपसमा ठोक्किँदा मार्मा गाउँपालिका वडा नं. २ का ६ जना यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा ६४ वर्षिय आनसिंह विष्ट, ६६ वर्षीया माहमती विष्ट, ६४ वर्षीया तृषना विष्ट, ६२ वर्षीय आइते विष्ट, २५ वर्षीय उमेश विष्ट र ३२ वर्षीय नरेन्द्र विष्ट रहेका छन् । घाइते सबै जनालाई उपचारका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाको गाडीमा जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ५, २०७६ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?