कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आगो ताप्दै परीक्षा

एलपी देवकोटा

(जुम्ला) — जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातले वार्षिक परीक्षामा सहभागी विद्यार्थीलाई सास्ती भएको छ । 

चन्दननाथ नगरपालिकाभित्रका १९ विद्यालयमा अहिले वार्षिक परीक्षा चलिरहेको छ । हिमपातसँगै बढेको चिसोले परीक्षामा लेख्न गाह्रो भएको रत्नचुडेश्वर माविकी कक्षा ९ मा अध्ययनरत विपना न्यौपानेले बताइन् । ‘हात चिसो भएर लेख्नै सकिएन,’ उनले भनिन्, ‘हिमपात नरोकिएकाले अरु दिनका परीक्षामा पनि सास्ती हुने देखियो ।’


खलंगामा हिमपातसँगै अत्यधिक चिसो बढेको छ । चिसोका कारण स्थानीयको जनजीवन कष्टकर बनेको छ । हिमपातले किसान भने उत्साहित देखिन्छन् । समयमै हिउँ र बर्षा हुँदा बालीनाली सप्रने भन्दै किसान निकै खुसी भएका हुन् । निरन्तर हिमपात भइरहेकाले गाइबस्तुलाई गोठभन्दा बाहिर निकाल्न समस्या भइरहेको छ । जिल्लाका सामुदायिक विद्यालयले हिउँमै परीक्षा सञ्चालन गरिरहेका छन् । सरकारी कार्यालयमा सेवा लिने सेवाग्राही पनि घटेका छन् । चिसोको अधिक मार बालबालिका र बृद्धमा देखिएको छ ।


प्रकाशित : मंसिर २८, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?