कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हात्तीको आक्रमणबाट २ महिलाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — जिल्लाको महाकाली नगरपालिका २ चाँदनीमा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । बुधबार बिहान मायापुरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस दाउरा संकलनका लागि गएका महिलाहरुमाथि हात्तीले आक्रमण गरेको हो । 

इलाका प्रहरी कार्यालय दोधाराका अनुसार मृत्यु हुनेमा महाकाली नगरपालिका २ चाँदनीकी ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहोरा छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।


हात्तीको आक्रमणबाट अन्य ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले जानकारी दिए । उनका अनुसार घाइते ४ जनाकै अवस्था जटिल छ । उनीहरुलाई उपचारका लागि कैलालीको धनगढी र सीमावर्ती बजार खटीमा पठाइएको छ ।

प्रकाशित : मंसिर २५, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?