कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बैतडीका तीनै वडाको मतगणना सम्पन्न, २ वडामा कांगेस र १ मा नेकपा विजयी 

तृप्ति शाही

(बैतडी) — बैतडीको स्थानीय तहका ३ वडामा भएको उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ । २ वडामा नेपाली कांगेस र १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ । शनिबार राति सम्पन्न मतगणनामा दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द र पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन् ।

बैतडीका तीनै वडाको मतगणना सम्पन्न, २ वडामा कांगेस र १ मा नेकपा विजयी 

दोगडाकेदार ४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्द्व नेकपाका नरेन्द्रप्रसाद भट्ट भन्दा १०० बढी मत प्राप्त गरे ।


सुर्नया गाउँपालिका १ मा कांग्रेसका उमेदवार गजेन्द्रबहादुर चन्द विजयी भए । मतदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्


यस्तै पुर्चाडी नगरपालिका ४ मा नेकपाका धानुक १०५ मत बढी लिएर विजयी भएका छन् ।


दोगडाकेदार ४ र पुर्चौडी ४ मा यसअघि स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया १ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।


प्रकाशित : मंसिर १५, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?