कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उपनिर्वाचन २०७६ : पुनर्वास-३ मा नेकपाका तामाङ विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिका-३ को वडाध्यक्षमा नेकपाका कृष्ण तामाङ विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा उनी ५ सय २८ मत ल्याउँदै विजयी भएका हुन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिबी तामाङले ३ सय १० मत प्राप्त गरे । यसैगरी समाजवादी पार्टीका भीम तामाङले ७५ र राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरे । ११ सय ९९ मतदाता रहेको उक्त वडामा ९ सय २४ मत खसेको थियो । जसमध्ये ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत गोपाल बास्तोलाले जानकारी दिए ।


२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट निर्वाचित वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति प्रमुख भएपछि वडाध्यक्षको पद खाली भएको हो । मतदान स्थलभन्दा केही पर शंकास्पद वस्तु पनि भेटिएको थियो । उक्त शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले जानकारी दिए ।

प्रकाशित : मंसिर १४, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?