कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाजुरामा ७ सय २७ मत खस्यो

संगीता तिमिल्सेना 

बाजुरा — त्रिवेणी नगरपालिका-१ मा भएको उपनिर्वाचनमा ७२७ मत खसेको छ । कुल १०३९ जना मतदाता रहेको वडामा मतदान अवधिभर ७२७ मत खसेको मुख्य निर्वाचन अधिकारीको कार्यालयले बताएको छ।

खसेको मत मध्ये ३८३ जना महिला र ३४४ जना पुरुष रहेका छन् । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मत संख्या पनि थोरै र पुरुषजति कामको सिलसिलामा जिल्ला बाहिर गएकोले केही कम मत खसेको निर्वाचन अधिकृतले जनाएका छन् ।

तत्कालीन वडा अध्यक्ष खम्म नेपालीको जिप दुर्घटनामा परी मृत्यु भएपछि छतारामा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेकपा, नेपाली कांग्रेस र राप्रपा गरी तीन पार्टीले उम्मेदवारी दिएका छन् । तीन पार्टीबाट उम्मेदवारी दर्ता भएपनि नेकपा र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

मत परिणाम पनि आजै रातिसम्म आइसक्ने बताइएको छ । त्रिवेणी नगरपालिकाको केन्द्रमा गणना हुने भएपनि २ घण्टा भित्र मतगणनास्थलमा मतपेटिका पुर्‍याएर गणना सुरु गरिने तयारी मुख्य निर्वाचन अधिकृत कार्यालयले गरेको छ ।


उपनिर्वाचनमा नेकपाबाट मनराजे बुढा मिलन, नेपाली कांग्रेसका खगेन्द्र चदारा र राप्रपाका मिनबहादुर ढोलीले उम्मेदवारी दिएका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३८ मतले जितेको थियो ।


स्थानीय निर्वाचनमा पराजित उम्मेदवार मनराजे बुढा मिलनलाई नेकपाले दोहोर्‍याएर उठाएको छ भने कांग्रेसले दलित समुदायबाटै उम्मेदवार बनाएको छ । मतदान प्रक्रिया शान्त वातावरणमा सम्पन्न भएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताए ।


प्रकाशित : मंसिर १४, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?