अत्यधिक रक्तश्रापका कारण सुत्केरीको मृत्यु

संगीता तिमिल्सेना 

बाजुरा — जगन्नाथ गाउँपालिका ५ गोत्री सामुदायिक इकाई केन्द्रमा सोमबार दिउँसो सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका ५ गात्रीकी ३५ वर्षीयका पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

अत्यधिक रक्तश्रापका कारण सुत्केरीको मृत्यु

घरमै सुत्केरी भएकी रावलको साल अड्किएपछि अत्यधिक रक्तश्रापका कारण बेहोस अवस्थामा सामुदायिक स्वास्थ्य इकाई गोत्री पुर्‍याएको स्वास्थ्य इकाईमा कार्यरत अमर बुढाले बताए ।


उनका अनुसार साल निकालिएपछि रगत पनि रोकिएको थियो । 'घरमै सुत्केरी भएको रहेछ, आफन्तले बाटोमा ल्याउँदा ल्याउँदै सुत्केरी भएको भन्दै ढाँटे छन्' विश्वकर्माले भने, 'साल अड्केको र बेहोस भएको जानकारी आएपछि हेलिकप्टरका लागि जिल्ला प्रशासनमार्फत प्रदेश सरकार तथा राष्ट्रपति उद्धार कार्यक्रमलाई कुरा गर्ने खबर प्रमुख जिल्ला अधिकारीलाई पठाइयो, हेलिकप्टर नआउँदै एकाएक सुत्केरीको मृत्यु हुन पुग्यो ।'


चाल आर्थिक वर्षको भदौ महिनायता २ सुत्केरी जिल्ला अस्पताल बाजुरा, १ जनाको त्रिवेणी नगरपालिकाको छतारा स्वास्थ्य चौकी र १ को सामुदायिक स्वास्थ्य इकाई गोत्रीमा मृत्यु भइसकेको छ ।


प्रकाशित : मंसिर १०, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?