मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ बिरामी

तृप्ति शाही

बैतडी — पुर्चौंडी नगरपालिका २ जरसौंमा मरेको कुखुराको मासु खाँदा एकजनाको मृत्यु भएको छ । एकै परिवारका ९ जना बिरामी समेत परेका छन् । 

मासु खाएर बिरामी परेका मध्ये १५ वर्षीया पुष्पा पार्कीको मंगलबार बिहान मृत्यु भएको स्थानीय केशव पन्तले बताए । शनिबार मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका र आइतबारदेखि परिवारका १० जना बिरामी परेको उनले बताए ।

बिरामी भएकाहरुमा बान्ता र झाडापखालाको समस्या देखिएको छ । बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीय सपना पार्की रहेका छन् । ७० वर्षीय पार्वतीबाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको छ ।


प्रकाशित : मंसिर ३, २०७६ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?