कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

रासस

घोडाघोडी — कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् ।

कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् ।

पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए ।


घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २६, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?