१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वडाअध्यक्षद्वारा कार्यालय सहयोगी महिला माथी कुटपिट

मोहन बुढाऐर

(धनगढी) — मोहन्याल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष छविलाल हाउजाली मगरले कार्यालय सहयोगी महिला कर्मचारी तुलसरा सिजालीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लागेको छ ।  

गत १९ गते वडा अध्यक्ष हाउजलीले कार्यकक्ष भित्रै बोलाएर महिला तुलसरालाई कुटपिट गरेको दाबी गरिएको छ । कुटपिट पछि घाइते तुलसराको उपचार घोडाघोडी नगरपालिकाको सुख्खडस्थित अस्पताल र सेती अस्पतालमा गरिएको बताइएको छ ।


उपचार पछि पीडितले वडा अध्यक्षको नाममा उजुरी इप्रका सुख्खडमा दिन गएकी थिइन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले आइतबार पीडित महिला इप्रकामा निवेदन दिन आएको बताए । उनले मंगलबार पीडक हाउजलीलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी जिल्ला प्रशासनमा पठाएको जानकारी दिए ।


पीडित तुलसरालाई पीडक वडा अध्यक्ष हाउजलीले आफ्नो घरमा नभएको कुरो लगाई दिएको भन्दै कुटपिट गरेको आरोप लगाएको प्रहरी निरीक्षक भट्टले बताए । पीडित महिला पनि स्थानीय नै हुन् ।


प्रकाशित : कार्तिक २६, २०७६ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?