२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

अर्जुन शाह

सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन् । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको छ । साथै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

रावलले आफूमाथि लगाउन खोजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष तथा तथ्ययुक्त छानबिन सहजता र न्याय स्थापित होस् भन्ने आशयले राजीनामा दिएको प्रतिक्रिया जनाए ।

राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन् ।

प्रकाशित : कार्तिक २४, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?