३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

ट्याक्टर दुर्घटनामा ११ जना घाइते, ५ को अवस्था गम्भीर

तृप्ति शाही

बैतडी — यहाँ शनिबार बिहान पौने ९ बजेतिर भएको ट्याक्टर दुर्घटनामा ११ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर छ । 

पाटन बजार बाट सडकको काम गर्नको लागि मजदूर बोकेको ग्वाल्लेक निर्माण सेवाको लु ३ प ३६८१ नम्बरको ट्याक्टर पाटन नगरपालिकाको वडा नम्बर ६ स्थीत मेलापानीमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । दुर्घटनामा पर्ने सबै पाटन-पञ्चेश्वर सडकमा काम गर्ने मजदुरहरु रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक वीरभद्र खडायतले बताए ।


घाइते हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका-१ का चन्दु थारु , देउकुमाल थारु , सिर्जना थारु , रबिना थारु, अञ्जली थारु , रितु थारु , फूलमती थारु , अमिता थारु , लाइकराम थारु , किसन थारु र कैलालीको गौरीगंगा नगरपालिकाका कोट्टारी चौधरी रहेका छन् ।


घाइते मध्ये देउकुमाल , सिर्जना चन्दु , अञ्जली रबिना सिकिस्त छन् । घाइतेहरुलाई सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको छ भने अन्यको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?