कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बैतडीमा विरोध प्रदर्शन

कान्तिपुर संवाददाता

बैतडी — नेपाली भूमि कालापानीलाई भारतले हालै सार्वजनिक गरेको नक्सामा आफ्नो भूमिभित्र राखेको विरोधमा शुक्रबार बैतडीमा प्रर्दशन भएको छ । पुरचौडी, दशरथचन्द नगरपालिकालगायतका विभिन्न ठाउँमा युवाहरूले भारत विरुद्ध नाराबाजी गरे प्रर्दशन गरेका हुन् ।

पुरचौडीका स्थानीयले हाटबाट नाराबाजी सुरु गरेर राताशीला चिहानघाटसम्म विरोध प्रदर्शन गरेका हुन् । दशरथचन्द नगरपालिका शाहीलेक बजारमा पनि स्थानीय युवाहरूले प्रर्दशन गरेका हुन् । शाहीलेकमा नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष महेश भट्टको नेतृत्वमा विरोध कार्यक्रम गरिएको थियो ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?