वडा सदस्य मृत फेला परे
बैतडी — बैतडीमा शुक्रबार एकजना वडा सदस्य मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुरचौर्डी नगरपालिका-३ का वडा सदस्य गणेश पार्की बिहान वडा नम्बर १ को राताशीला मन्दिर नजीकै देवलमा मृत्त भेटिएका हुन् ।
४५ वर्षीय पार्की गएराति स्थानीय राताशीला मन्दिरमा लागेको मेला हेर्न गएका थिए । बिहानै उनी मृत्य भेटिएको खबर आएपछि प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।
उनले भने, ‘बाहिरी चोटपटक केही देखिएको छैन । विवाद पनि केही नभएको नगर प्रमुखले भन्नु भएको छ । तर हामी मृत्युको कारण खोज्नको लागि अनुसन्धान गरिरहेका छौं । पोष्टमार्टम पनि हुने तयारी छ । कसरी रैछ थाहा होला । ’
प्रकाशित : कार्तिक २२, २०७६ १४:०३प्रतिक्रिया