वडा सदस्य मृत फेला परे

तृप्ति शाही

बैतडी — बैतडीमा शुक्रबार एकजना वडा सदस्य मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुरचौर्डी नगरपालिका-३ का वडा सदस्य गणेश पार्की बिहान वडा नम्बर १ को राताशीला मन्दिर नजीकै देवलमा मृत्त भेटिएका हुन् ।

४५ वर्षीय पार्की गएराति स्थानीय राताशीला मन्दिरमा लागेको मेला हेर्न गएका थिए । बिहानै उनी मृत्य भेटिएको खबर आएपछि प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

उनले भने, ‘बाहिरी चोटपटक केही देखिएको छैन । विवाद पनि केही नभएको नगर प्रमुखले भन्नु भएको छ । तर हामी मृत्युको कारण खोज्नको लागि अनुसन्धान गरिरहेका छौं । पोष्टमार्टम पनि हुने तयारी छ । कसरी रैछ थाहा होला । ’

प्रकाशित : कार्तिक २२, २०७६ १४:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सीमाका विषयमा सरकार अल्मलिँदैन : प्रवक्ता बाँस्कोटा

रासस

वालिङ — सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । 


देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ लसर्घामा अवस्थितआलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको शुक्रबार अनावरण गर्दै प्रवक्ता बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए।
'सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ', प्रवक्ता बाँस्कोटाले भन्नुभयो, 'विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पुर्‍याउनेछौं।'
'सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन', प्रवक्ता बाँस्कोटाको भनाइ थियो। 'सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ', प्रवक्ता बाँस्कोटाले भन्नुभयो, 'सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ।'

प्रकाशित : कार्तिक २२, २०७६ १३:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT